नियम ३१
अधिकार प्रत्यायोजन
(१) अध्यक्ष वा उपाध्यक्षले यस नियमावली बमोजिम आफूलाई प्राप्त भएको अधिकार मध्ये आवश्यकतानुसार केही अधिकार परिषद्को कुनै पदाधिकारी वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) सदस्य–सचिवले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकतानुसार केही अधिकार परिषद्को कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।